विश्व प्रजातान्त्रिक युवा महासंघको साधारण सभामा भाग लिन सुदेश पराजुली सहितको टोली लेवनानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

विश्व प्रजातान्त्रिक युवा महासंघको साधारण सभामा भाग लिन सुदेश पराजुली सहितको टोली लेवनानमा

काठमाडौं । विश्व प्रजातान्त्रिक युवा महासंघको २१औं साधारण सभामा सहभागी हुन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली सहितको टोली लेवनान गएको छ ।

संसारभरीका झण्डै २०० प्रगतिशील, समाजवादी संगठनहरू आवद्व रहेको ‘वल्ड फेडेरेसन अफ डेमोक्रेटिक युथ’ को २१औं ‘जनरल काउन्सिल मिटिङ’ मध्यपुर्वी देश लेवनानको वेरूइतमा डिसेम्वर १५ देखि २० सम्म हुदैछ । दोस्रो विश्वयुद्ध पछि साम्राज्यवाद विरूद्ध र समाजवादको पक्षमा युवा विद्यार्थीहरूहरूको संघर्षमय अभियान स्वरूप सन् १९४५ मा बेलायतको लण्डनमा ‘वल्ड फेडेरेसन अफ डेमोक्रेटिक युथ’ को स्थापना भएको थियो ।

संसारभरीका सामाजिक जागरणमा स्थापित संगठन मध्ये सबै भन्दा ठूलो संगठन भएको बताइएको छ । यो साधारण परिषदबाट संगठनले आफ्नो भावी कार्ययोजना, फेस्टीवलहरूको आयोजना र संगठनको सम्मेलनको मिती तय हुनेछ । नेपाली कम्युनिस्ट आन्दोलनका केही नेताहरू यो आन्दोलनवाट स्थापित भएका छन् । योगेन्द्र शाही, उदयराज पाण्डेय लगायत केही नेताहरू नेपालबाट ‘वल्ड फेडेरेसन अफ डेमोक्रेटिक युथ’ को उपाध्यक्ष समेत भइसकेका छन् ।

आवद्व भएदेखि निरन्तर सक्रीय सहभागीता जनाउदै आएको अनेरास्ववियूको तर्फवाट यस पटक पनि सहभागी हुन संगठनका अध्यक्ष सुदेश पराजुली, उपाध्यक्षद्वय माधव पन्त, सुदीप शर्मा र महासचिव आरती लामाको टीम लेवनान गएको हो । बैठकमा सहभागी नेताहरूले समग्र एसिया र नेपालको प्रगतिशील युवा विद्यार्थी आन्दोलनका चुनौती र उपलव्धीको बारेमा आफ्नो धारणा राख्दै विश्वको प्रगतिशील युवा विद्यार्थी आन्दोलनको आगामी कार्यभारको बारेमा वृहत छलफलमा सहभागी हुनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);