काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको केन्द्रीयकार्यकारिणी बैठक सम्पन्नभएको छ ।२२ मंसिरबाट सुरु भई बैठक नागरिक अभिनन्दन समारोह गरी सम्पन्नभएको हो । परिषद्का अध्यक्ष डा. गोपीनाथ कँडेलले राष्ट्रका लागिव्यक्तिको चरित्र निर्माणमा आफूहरु सक्रियभएको बताउनुभयो । उहाँले परिषद्ले उदाहरणीय कार्यहरु गरेर सबैको मन जितेको बताउनुभयो ।
परिषद्का राष्ट्रिय महासचिव छितराजन्यौपानेले देशका ७७ जिल्लामै संगठन निर्माण भएको उल्लेख गर्दै विद्यार्थीको अधिकार र असलनागरिक निर्माणमा लागिरहने बताउनुभयो । नागरिक अभिनन्दन समारोहका अध्यक्ष तथा व्यवसायीअनिल केडियाले असल नागरिकविना देश बन्न नसक्ने भएकाले प्राज्ञिक विद्यार्थी परिषद्ले लिएको महान उद्देश्यमा आफूहरुको साथ रहेको बताउनुभयो । कार्यक्रममा अखिलभारतीय विद्यार्थी परिषद्का राष्ट्रिय संगठन मन्त्री आशिष चौहान पनि सहभागी हुनुहुन्थ्यो । परिषद् स्थापनाको २८ वर्ष पुगेको छ ।