अतिवादी हुथी बिद्रोहीद्वारा साउदी अरेबियामाथी मिसाइल आक्रमण | ईमाउण्टेन समाचार

Our Network

मंसिर २१ २०८१, शुक्रबार

अतिवादी हुथी बिद्रोहीद्वारा साउदी अरेबियामाथी मिसाइल आक्रमण

एजेन्सी, ५ पुष । यमनमा सशस्त्र संघर्ष गरिरहेको अतिवादी हुथी बिद्रोहीले साउदी अरेबियाको राजधानी रियादमा मिसाइल आक्रमण गरेका छन् ।

 

हुथी बिद्रोहीको टेलिभिजन अल मसिराहले बुर्कान एच टू ब्यालेस्टिक मिसाइल साउदी अरेबियाको राजधानी रियादमा रहेको अल–यामामा दरबारमा लक्षित गरी प्रहार गरिएको दाबी गरेको छ । रियादमा विस्फोटको आवाज सुनिएको र धुवाँको मुस्लोसहितको तस्बिर पनि सार्वजनिक गरिएको छ । अहिलेसम्म विस्फोटबाट कुनै मानवीय वा भौतिक क्षति भएको खबर भने आएको छैन । साउदी अरेबियासहितको गठबन्धनले हुथी बिद्रोहीलाई इरानले मिसाइल उपलब्ध गराउँदै आएको आरोप लगाउने गरेका छन् । तर इरानले भने आरोप अस्वीकार गर्दै आएको छ ।

 

साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाले यमनमा हुथी ब्रिदोही विरुद्ध सन् २०१५ को मार्चदेखि कारवाही अभियान चलाउँदै आएको छ । यसको जवाफ स्वरुप मिसाईल प्रहार गरिएको हुथी संगठनले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);