प्रचण्डलाई प्रधानमन्त्री नबनाए गठबन्धन टुटन सक्छ : माओवादी नेता , राम नारायण विडारी ( भिडियो अन्तवार्ता ) | ईमाउण्टेन समाचार

Our Network

माघ २२ २०७९, आइतबार

प्रचण्डलाई प्रधानमन्त्री नबनाए गठबन्धन टुटन सक्छ : माओवादी नेता , राम नारायण विडारी ( भिडियो अन्तवार्ता )

माउन्टेन टेलिभिजन। माओवादी केन्द्रका प्रभावशाली नेता राम नारायण विडारीले अवको प्रधानमन्त्री प्रचण्ड हुने बताउनु भएको छ। माउन्टेन टेलिभिजनको कार्यक्रम आजको सन्र्दभमा उहाले यस्तो दावी गर्नु भएको हो। कार्यक्रममा उहाँले मुलुकको आजको आवश्यकता प्रचण्ड नै भएको दावी गर्नुभयो।

गठबन्धनलाई सहिमार्गमा डोराउने शक्ति प्रचण्ड संघ मात्र भएको उहाको भनाई छ । सबै परिस्थितीले प्रचण्डढ नै खोजेको हुदा अवको प्रधानमन्त्री प्रचण्ड नै बन्ने माओवादी नेता विडारीको भनाई छ। प्रधानमन्त्री शेर बहादुर देउवाले पनि प्रधानमन्त्रीको लागि प्रचण्डलाई नै अघि सार्नमाओवादीको विश्वास रहेको उहाको भनाई छ।

कार्यक्रममा प्रस्तोताले २०६४ सालको निर्वाचनमा बाघ बनेको माओवादी २०७९ मा किन विरोलो जस्तो बन्यो भन्ने प्रश्नमा उहाले माओवादी पुजीवादी बन्न खोज्दा यो हालतमा पुगेको बताउनुभयो। पार्टीले आफनो सिद्धान्त , विचार र गन्तव्य भुल्दा निर्वाचनमा परिणाम ल्याउन नसकेको उहाको भनाई छ । माओवादीले निर्वाचनको समिक्षा गर्दै देश देशवासीको हितमा काम गर्ने चाहना भएको हुदा माओवादीको नेतृत्वमा सरकार जरुरी भएको उहाको तर्क छ।

Leave a Reply