तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने प्रधानमन्त्री दाहालको प्रष्टोक्ति | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने प्रधानमन्त्री दाहालको प्रष्टोक्ति

२६ फाल्गुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा स्थगित नहुने स्पष्ट पार्नुभएको छ ।

तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने प्रधानमन्त्री दाहालको प्रष्टोक्ति

२६ फाल्गुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा स्थगित नहुने स्पष्ट पार्नुभएको छ ।

बिहिबार राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेद बुझ्दै प्रधानमन्त्री दाहालले स्थानीय निर्वाचन तोकिएकै मितिमा हुने भन्दै निर्वाचनको तयारीमा जुट्न मातहतका निकायलाई निर्देशन समेत दिनुभयो । संविधानले स्थानीय तहमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सहित महत्वपूर्ण अधिकार दिएको भन्दै उहाँले ती अधिकारको कार्यान्वयनका लागि निर्वाचनको कुनै बिकल्प नरहेको उल्लेख गर्नुभयो ।

स्थानीय तहसम्म परिवर्तनको अनुभूति गाराउन पनि निर्वाचन अपरिहार्य भएको उहाँको भनाइ थियो । संविधानले स्थानीय तहको निर्वाचन हुँदै केन्द्रीय तहको निर्वाचन गर्ने व्यवस्था गरेकाले त्यसमा दायाँबायाँ गर्ने अवस्था नरहेको प्रधानमन्त्री दाहालले स्पष्ट पार्नुभयो । प्रधानमन्त्री दाहालले सूचनाको हक लोकतन्त्रको स्तम्भ भएको भन्दै सुचना र सूचनाको हक प्रभावकारी भयो भने मात्रै लोकतन्त्र बलियो हुनेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमूख आयुक्त कृष्णहरि बाँस्कोटा, आयुक्तहरु यशोदादेवी तिम्सिना, किरणकुमार पोखरेलले सूचनाको हकसम्बन्धि प्रतिवेदनलाई व्यवस्थापिका–संसदमा छलफलको विषय बनाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);