मिथुन चक्रवर्तीलाई भेट्न नेताले रद्द गरेका थिए र्‍याली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मिथुन चक्रवर्तीलाई भेट्न नेताले रद्द गरेका थिए र्‍याली

मुम्बई। अभिनेता मिथुन चक्रवर्तीको लोकप्रियता सन् ८० र ९० का अन्य सुपरस्टार जत्तिकै थियो । सन् १९८२ मा रिलिज फिल्म ‘डिस्को डान्सर’ले उनलाई ‘डान्स आइकन’ नै बनाइदियो । उनी भारतमा मात्र होइन, रुस, एसिया, पूर्वी र पश्चिमी अफ्रिका, टर्की र सोभियत संघसम्म चर्चित रहे । ‘जिमी जिमी जिमी आजा आजा आजा’ले त उनलाई विशेषत विदेशी फ्यानमाझ प्रिय बनाएको थियो । यो फिल्म विदेशमा सन् १९८४ मा रिलिज भयो । फिल्मले विदेशमा सय करोड कमाउने पहिलो भारतीय फिल्मको रेकर्ड नै राख्यो।

दक्षिण एसिया र सोभियत युनियनमा फिल्म र मिथुन यति लोकप्रिय भए कि उनी घर–घरमै चिनिए । रसियामा फिल्म रिलिज पछि उनी सेसन नै बने । रुसमा एकदिन नेताहरूले आफ्नो पूर्वनिर्धारित र्‍याली कार्यक्रम नै रद्द गर्नुपरेको थियो । किनकि जुनदिन उनीहरुले त्यो कार्यक्रम राखेका थिए, त्यो दिन मिथुन रुस पुग्दै थिए । मस्कोका उनका सारा फ्यान उनको एक झलक पाउनका लागि एयरपोर्ट पुगेका थिए । र्‍यालीमा कम जनता उपस्थित हुने देखिएपछि नेताले र्‍यालीलाई रद्द गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);