टिका खतिवडा २३ इलाम फागुुन । मौसमी तरकारीको रुपमा परिचित इस्कुस बेचेर पूर्वी इलामका किसानले लाखौंको आम्दामी गर्न थालेका छन् । सिजनको सुरुमा एक मन अर्थात चालिस केजीको १२ सयमा बिक्री भएको इस्कुसको भाउ भने यतिबेला तीन सयमा झरेको छ । नगदे बालीको रुपमा जेठ महिना देखि मंसिर महिनासम्म आम्दानी लिन सकिने इस्कुस बेचेर किसानले छ महिनामा तीस लाखसम्म कमाई गर्ने गरेको स्थानीय किसान बताउँछन् ।
किसानले सिजनका समयमा हप्ताको एकसय केजी देखि तीन हजार केजिसम्म बेच्ने गरेका छन् । आगानकै इस्कुसको माचमा भेटिएका सूर्योदय नगरपालिका वडा नम्बर ५ बस्ने रधुनाथ आर्चायले सिजनमा हप्तामा पाँच देखि तीस मनसम्म अइस्कुस बेचेर सरदर दश हजार कमाउने गरेको बताए । उनका अनुसार गाउँलेले पाँच मनदेखि तीन हजार केजिसम्म हप्तामा इस्कुस बेच्ने गरेका छन् । मनको तीन सयले मात्र बिक्री गरेपनि महिनामा सरदर नौं हजार हप्तामा कमाउने गरेका छन् ।
यसलाई आधार मान्ने हो भने किसाने महिनाको छत्तिस हजारसम्म आम्दानी गर्ने गरेका छन् । सुर्योदय नगरपालिका वडा नम्बर ४ आइतबारे स्थित घर नजिकैको इस्कुसको माच स्याहार गर्दै गरेका दोङ्खा सुब्बा लाप्चाले भने यसपटक बढि पानी परेकोले आम्दामी खस्किएको बताए । आइतबारेकै मेचिराजमार्ग छेवैमा खाजा पसल गर्ने रजिता श्रेष्ठले पनि हप्तामा हजार केजिसम्म इस्कुस बेच्ने गरको बताइन् ।
यसरी पूर्वी इलामको किसानले इस्कुस बेचेर महिनामा नै लाखौं कमाउछन् भने पश्चिम इलामकै गाउँमा भने यसको खरिद बिक्री हुन सकेको छैन । बजार समेत खोजी हुँन सकेको छैन । यहाँ लाखौं टनको हारहारीमा इस्कुस फले पनि वस्तुभाउको खोले मात्र हुँने गरेको स्थानीय बनाउँछन् । इलाममा २८ प्रकारको इस्कुस पाइने गरेको कृषि विज्ञ बताउँछन् ।