क्लास्सिक टेक कम्पनीले गर्याे देश भर तिन सय कर्मचारी थप | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

क्लास्सिक टेक कम्पनीले गर्याे देश भर तिन सय कर्मचारी थप

काठमाडौं । इन्तरनेट सेवाप्रदायक कम्पनी क्लास्सिक टेकले देशै भरि थप ३०० नयाँ प्राविधिक कर्मचारी नियुक्त गरेको छ । वर्षा मौसममा फाइबरसम्बन्धी धेरै समस्या आउने र कर्मचारीले पानीको कारणले विद्युतको पोलमा चढेर काम गर्न नमिल्ने भएकोले तथा बढ्दो संख्याका ग्राहकलाई सुविधा दिन कम्पनीले यति धेरै संख्यामा नयाँ कर्मचारी नियुक्त गरेको हो । यसले क्लास्सिक टेकका १०३ आउटलेटसँग रहेका प्रयोगकर्ताहरुको लागि सपोर्टको पहुँच बढेको जनाएको छ ।

यसका साथै क्लास्सिक टेकले आफ्नो आइपि टिभी पनि अपडेट भर्सनमा ल्याएको छ । १०० भन्दा बढी एचडी च्यानल र १०० एसडी च्यानलहरुमा पनि नयाँ फिचरहरु थपिएको छ । यससँगै कम्पनीले आउने दिनमा आफ्नो नेटवर्क नेपालको दुर्गम क्षेत्रमा विस्तार गर्दै जाने र ग्राहकलाई राम्रो इन्टरनेट न्यूनतम मूल्यमा जनाएको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);