सप्तरी । तिलाठी कोईलाडी गाउपालिका ४ स्थित एक घरवाट १ थान नलकटुवा गोली लोड गरिएको तथा दुई थान गोली वरामद गरिएको छ ।
हतियार संगै ३ जनालाई समेत पक्राउ गरिएको छ । गोप्य सुचनाको आधारमा सप्तरीका प्रहरी प्रमुख एसपि मुकेश सिंह नेतृत्वको टोलीले घटना स्थलमा घेराहालि हतियार सहित आरोपिहरुलाई पक्राउ गरेको हो ।
यद्यपि पक्राउ परेकाहरूको पहिचान भने खुल्न सकेको छैन । घटना वारे आवश्यक अनुसन्धान भइरहेको एसपि सिंहले वताए।