सिन्धुपाल्चोकमा जेसीभी  दुर्घटना,सहचालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

सिन्धुपाल्चोकमा जेसीभी  दुर्घटना,सहचालकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी-१२ खहरे केराबारीछापमा जेसीभी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका  सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार सहचालक महोत्तरी बर्दिबास- ६ का १८ वर्षीय रोहित आले मगरको घटनास्थल मै मृत्यु भएको हो ।

निर्माणाधीन मध्यपहाडी लोकमार्गमा काम गर्ने क्रममा बा.२ क ६६१८ नम्बरको जेसीभी माटोमा भासिन गई सडकबाट करिब १००  मिटर तल खसेको  बस्नेतले  बताए । चालक बाँके राप्तीसोनारी-४ का २२ वर्षिय प्रकाश चौधरी भने सकुशल रहेका र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);