ब्राउन सुगरसहित प्रविण बिसी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८१, मंगलबार

ब्राउन सुगरसहित प्रविण बिसी पक्राउ

नेपालगञ्ज । बाँके प्रहरीले मंगलबार बिहान लागु औषध ब्राउन सुगरसहित एक जनालाई नेपालगञ्जबाट पक्राउ गरेको छ ।  नेपालगञ्ज उपमहानगरपालिका-१६ चौलिकाचोक नजिकैबाट बर्दिया बढैयाताल गाउँपालिका-१ शान्तिपुरका २४ वर्षीय प्रविण बिसीलाई १५० ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपाने जानकारी दिए ।

उनका अनुसार सीमा क्षेत्रको निगरानीमा रहेको लागु औषध नियन्त्रण व्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले बिसीको हिँडाइ शंकास्पद देखेपछि खानतलासी गर्दा ज्याकेटको दाँहिने खल्तीमा तीनवटा प्लाष्टिकमा पोका पारी राखिएको ब्राउनसुगर बरामद भएको हाे ।

प्रहरीले बिसीको साथबाट तीन हजार नगद समेत फेला परेको छ । उनी एक वर्षदेखि लागु औषध सेवन तथा कारोवारमा संलग्न रहेको खुलेको  प्रहरीकाे दाबी छ । सीमावर्ती रुपैडिया बजारबाट भारतीय नागरिकलाई चार लाख रुपैयाँ दिएर उनले ब्राउन सुगर भारतीय बजार रुपैडिहामा खरिद गरि  काठमाडाैँ पठाउने गरी ल्याएको प्रारम्भिक अनुसनधानबाट खुलेको प्रहरी नायव उपरिक्षक न्यौपानेले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);