मदन गिरी,
कास्की । कास्कीको पोखरामा ठुलो मात्रामा असिना पानी परेको छ । अहिले सम्म नै ठुलो र बाक्लो मात्रामा असिना पानी परेको स्थानीयहरुले बताएका छन् । ठुलोमात्रामा असिना पानी परेपछी पोखराको न्यूरोड, चिप्लेढुंगा, बगर, रामबजार, बिरौटा ,अमंरसिह चोक लगाएतका भागमा रहेका सडक खण्डहरु अबरुद्ध बनेको हो ।
असिनाले बाटो नै नदेखिने गरेर छोपेर राखेको छ भने पोखराका डाडाहरुमा असिना हिउ परेजस्तै देखिएका छन् । ठुलो मात्रामा असिना परेपछि सडकमा गुडिरहेका सवारी साधनहरु चिप्लो भै अनियन्त्रित बन्न पुगेको जिल्ला ट्रफिक कार्यालय कास्कीले जनाएको छ ।
असिना पानिले कृषकले लगाएको तरकारी, आलु, फलफुल, तोरी, गहुँ लगायतको अन्नबालीमा क्षति पुगेको छ । ठुलो मात्रामा अन्नबालिमा असिना पानिले क्षेति पुराएको अनुमान गरेपनि हाल क्षेती विवरण प्राप्त हुन नसकेको र जिल्ला भरीको क्षेतीे विवरण भोलि मात्रै जानाकारी लिन सकिने कृषिज्ञान केन्द्र कार्यालय कास्कीले जनाएको छ ।