लागूऔषधसहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

लागूऔषधसहित दुई जना पक्राउ

सर्लाही । सर्लाही प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेकाे छ । मलंगवा-नवलपुर सडक अन्तर्गत कविलासी नगरपालिका-८, मा चेकजाँचका क्रममा आइतबार राति लालबन्दी नगरपालिका-८, का अख्तर हुसैन र कार चालक ईश्वरपुर नगरपालिका-६, का अशाेक लामा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथाेकीका अनुसार एचआर २६बिपि १८७६ नम्बरकाे कारमा सवार उनीहरु लागूऔषधसहित पक्राउ परेका हुन् । डाइलेक्स डिसी १०० एम एल ११ बाेटल, नाेफिन फेनेरागन ११ एम्पुल र हाई-टिच ईन्जेक्सन ३ पिस बरामद भएकाे हाे । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);