काठमाडौं । कोरोनाको विकसित तेस्रो भेरीएन्ट पछिल्लो समय देशभर हावाको गतिमा फैलिने क्रम जारी छ । भारत सँग सिमाना जोडिएका जिल्ला र देशको राजधानी काठमाडौं उपत्यका कोरोनाको हटस्पट बनेको छ । सरकारले विशेषगरी काठमाडौं र भारतबाट ग्रामीण भेगमा जाने मानिसहरुलाई नियन्त्रण र नियमन गर्ने होल्डिङ्ग सेन्टर तथा आइसोलेशन कक्ष निमार्ण गर्न नसक्दा, ग्रामीण भेगमा कोरोना संक्रमण हवा कै गतिमा फैलिन थालेको हो ।
हिमाली जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिका ३ मौवाफाँटमा रहेको ज्ञानोदय मा.वी. अहिले कोरोना संक्रमणको चपेटामा परेको छ । उक्त विद्यालयमा अद्यापन गराउने प्रअ सहित एक शिक्षक र ११ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भए पछि विद्यालय नै अनिश्चितकालका लागि बन्द भएको छ ।
तिन दिन अगाडि काठमाडौंबाट विद्यालयमा पुगेका उक्त विद्यालयका एक शिक्षकमा कोरोना पोजेटिभ देखिए पछि विद्यालयका शिक्षक र विद्यार्थीलाई एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको गाउँपािलकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जनाकारी दिए ।
सरकारले कोरोनाको कारण विद्यालय बन्द गर्नु भने पनि ग्रामिण भेगमा खुल्ला भएका विद्यालय मार्फत गाउँ भरि नै कोरोना संक्रमणको जोखिम फैलिदै गएको छ । विद्यालय तथा राजनैतिक दलका कार्यक्रमहरु नै पछिल्लो समय ग्रामीण भेगमा कोरोना संक्रमण घरघर पु¥याउने माध्यम बनेकोे विश्लेषकहरु बताउँछन् ।