भारतले आयोजना गर्ने ‘फोर नेसन्स फुटबल प्रतियोगिता’ स्थगित | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

भारतले आयोजना गर्ने ‘फोर नेसन्स फुटबल प्रतियोगिता’ स्थगित

काठमाडौं । भारतले आयोजना गर्ने ‘फोर नेसन्स फुटबल प्रतियोगिता’ स्थगित भएको छ ।  चार देशको सहभागीता रहने प्रतियोगिता २३ मंसिरबाट ६ पुससम्म चल्ने तालिका थियो । तर, विश्वभर पुनः सुरु भएको तेस्रो चरणको कोरोनासँगै प्रतियोगिता स्थागित भएको हो ।

प्रतियोगितामा नेपालसहित आयोजक भारत र थाइल्यान्डको सहभागिता टुंगो लागिसकेको थियो । एक अफ्रिकी देशमा खेल गर्ने तय हुने निश्चित भैसक्दा कोरोनाको कारण प्रतियोगिता स्थगित भएको हो । 

प्रतियोगिताको लागि एन्फाले महिला टोलीको प्रशिक्षकमा चेतन घिमिरेलाई  जिम्मेवारी दिएको थियो । प्रशिक्षक चेतनले २६ खेलाडी समेटेर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा टोलीलाई दैनिक प्रशिक्षण गराइरहेका थिए । ‘कोरोनाsf कारण प्रतियोगिता स्थगित भएको छ,’ एन्फा उच्च स्रोतले न्युज कारखानासँग भन्यो । यससँगै एन्फाले महिला खेलाडीलाई रिलिज दिने तयारी गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);