मंसिर १ देखि अनसन बस्ने डडेल्धुरा कांग्रेस सभापतिको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

मंसिर १ देखि अनसन बस्ने डडेल्धुरा कांग्रेस सभापतिको चेतावनी

काठमाडौं । सानेपामा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले केन्द्रीय निर्वाचन समितिको भूमिकामाथि प्रश्न उठाएका छन् । उनले डढेलधुरामा आफूहरुको बहिस्कारकाबीच भएको अधिवेशनलाई निर्वाचन समितीले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निर्देशनमा वैधता दिएको आरोप लगाउँदै निर्वाचन समितीले तुरुन्तै उक्त निर्णय सच्याउनु पर्ने उनले बताए ।

डडेल्धुरामा एकपक्षीय रुपमा अधिवेशन भएको भन्दै सभापति मल्ल पक्षले फेरि अधिवेशन हुनुपर्ने माग गर्दै आएको छ । तर निर्वाचन समितिले भने डडेल्धुरा जिल्लाको वडा र पालिका अधिवेशनलाई वैधता दिँदै महाधिवेशन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

डडेल्धुरा जिल्ला कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाको गृहजिल्ला हो । डडेल्धुरामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको असहमतिका बीच भएको वडा र पालिका अधिवेशनलाई निर्वाचन समितिले वैधता दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);