नगरपालिकाले सिर्जना गर्‍यो चाम्लिङ भाषा श्रोत शिक्षकको दरबन्दी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नगरपालिकाले सिर्जना गर्‍यो चाम्लिङ भाषा श्रोत शिक्षकको दरबन्दी

खोटाङ । चाम्लिङ भाषाकाे पठन पाठनका लागि हलेसी तुवाचुङ नगरपालिकाले नगर शिक्षक (चाम्लिङ भाषा श्रोत शिक्षक)को दरवन्दी सिर्जना गरेको छ । चाम्लिङ भाषाको पठन पाठन गर्ने विद्यालयलाई प्रोत्साहन भत्ता र पुस्तक ढुवानी खर्च समेत उपलव्ध गराउँदै आएको नगरपालिकाले तुवाचुङ नगरपालिका–८ धितुङस्थित सर्वावती प्राविका लागि प्रावि तहको नगर शिक्षक (चाम्लिङ भाषा श्रोत शिक्षक)को एक दरवन्दी सिर्जना गरेको हो ।

नगर शिक्षा समितिको ११ कात्तिकको निर्णयअनुसार चाम्लिङ भाषा शिक्षण तथा चाम्लिङ भाषाको श्रोत शिक्षकका रुपमा कामकाज गर्न व्यवस्थापन समितिले २२ कात्तिकमा विज्ञापन आव्हान गरेको छ । कम्तीमा आइएड उत्तिर्ण गरेका उम्मेद्वाले नगर शिक्षक (चाम्लिङ भाषा श्रोत शिक्षक)का लागि आवेदन दिन सक्नेछन् ।

नगर शिक्षक (चाम्लिङ भाषा श्रोत शिक्षक)ले मासिक १३ हजार पाँच सय तलब सुविधा पाउने विद्यालयले जनाएको छ । चाम्लिङ भाषा शिक्षण तथा चाम्लिङ भाषाको श्रोत शिक्षकको रुपमा कामकाज गर्न नगर शिक्षक कार्यविधि बमोजिम प्राथमिक तहको नगर शिक्षक सरह हुने गरी नगर शिक्षक (चाम्लिङ भाषा श्रोत शिक्षक)को दरबन्दी कायम गरिएको मेयर इवन राईले बताए ।  हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका सात विद्यालयमा २०६५ सालदेखि एक विषय चाम्लिङ राई भाषामा पठन–पाठन भइरहेकाे ५ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);