राति ८ बजेसम्म सीडीओ कार्यालयबाट नागरिकता वितरण | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

राति ८ बजेसम्म सीडीओ कार्यालयबाट नागरिकता वितरण

अर्घाखाँची । आइतबार राति करिब ८ बजेको समय । सामान्यतया यो समय खाना खाने र सुत्ने समय हो । तर, जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा भने भिडभाड थियो । कार्यालयभित्र कर्मचारीहरू नियमित काममा निरन्तर जुटिरहेका थिए भने बाहिर सेवाग्राहीहरूको भिडभाड थियो ।

आइतबार जिल्ला प्रशासनले रेकर्ड तोड्दै अत्याधिक नागरिकता वितरण गरेको छ । हालसम्मको आफ्नो रेकर्ड तोड्दै जिल्ला प्रशासन कार्यालयले अत्याधिक संख्यामा नागरिकता वितरण गरेको छ ।

‘कार्यालयबाट इतिहासमै सबैभन्दा नागरिकता वितरण गरियो’, सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले न्युज कारखानासँग भने, ‘आज (आइतबार) एकैदिन १९९ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको छ ।’ 

दसैंतिहारको बिदामा घरमा आएका विद्यार्थीहरूले नागरिकता बनाउने भएका कारण यस समय प्रायःजसो व्यस्त नै हुने भए पनि यस पटक भने रेकर्ड नै कायम भएको खनालले बताए  । ‘हालसम्म एकैदिनमा करिब १५० जनाले नागरिकता लिएको देखियो’, खनालले भने, ‘कार्यालयको रेकर्डमा रहेसम्म यो हालसम्मकै उच्च संख्या हो ।’ 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);