Our Network

मंसिर १४ २०७८, मंगलबार

मोटरसाइकल आजगानी आरोपमा एक युवक पक्राउ

सिरहा । मोटरसाइकलमा आगजानी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । मिर्चैया नगरपालिका–१० का निर्मलकुमार मण्डलको स.४प ४३३७ नम्बरको मोटरसाइकलमा आगजानी गरेको आरोपमा स्थानीय ३३ वर्षीय दिपक साहलाई प्रहरीले आइतबार बेलुका पक्राउ गरेको हो ।

मण्डलले आफ्नै घर अगाडि सार्वजानिक भवनमा पार्किङ गरी राखेको मोटरसाइकलमा गत २६ असोजको राति आगजानी भएको थियो । पक्राउ परेका साहले व्यक्तिगत रिसइबीका कारण पेट्रोल छर्केर आगजानी गरेको प्रहरीसामु स्वीकार गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । 
पक्राउ परेको साहमाथि म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाउने प्रहरीले बताएको छ ।

Leave a Reply