जुम्लामा होटल सञ्चालकको शव भेटियो, हत्याको आशंका | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जुम्लामा होटल सञ्चालकको शव भेटियो, हत्याको आशंका

जुम्ला । जुम्लामा होटल व्यवसायी गर्दै आएका दैलेखका शेरबहादुर शाहीको बिहीबार बिहान शव फेला परेको छ । 

जुम्लाको चन्दननाथ नगरपालिका–६ पुरानो बसपार्क नजिक कर्णाली राजमार्गको छेउमा भ्याली भ्यू होटल सञ्चालन गर्दै आएका उनको होटेलकै बरण्डामा शव फेला परेको प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले न्युज कारखाानालाई जानकारी दिए । 

उनकाअनुसार होटल बाहिर यत्रतत्र रगतका छिटाहरू देखिएकाले हत्याको आशंका गरिएको छ । 

अहिले प्रराम्भिक अनुसन्धान भइरहेको जनाकारी दिएका थापाले भने, ‘प्रहरीको अनुसन्धानले कुनै न कुनै टुङ्गोमा पुग्ने अपेक्षा गरिएको छ।’ 
शाहीले करिब दुई वर्षदेखि जुम्लामा होटल व्यवसाय गर्दै आएका थिए ।
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);