प्रचण्डको छोरीको झोला बोकेर देउवाले कांग्रेस समाप्त गरेः जोशी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रचण्डको छोरीको झोला बोकेर देउवाले कांग्रेस समाप्त गरेः जोशी

काठमाडौं । अहिले सत्ताको बागडोर नेपाली कांग्रेसले समाली रहेको छ । देश जटिल परिस्थितिमा भएको बेला यत्रतत्र असन्तुष्टिहरु बढ्दै गएका छन् । जनताले नेतृत्व परिवर्तन हुदाँ केही राम्रो होला की भन्ने अपेक्षा गरका थिए । तर सरकार गठन भए देखि यो अवधि सम्मका सरकारका क्रियाकलाप हेर्ने हो भने सरकार देश र जनताका समस्या समाधान गर्न तर्फ उन्मुख भए जस्तो देखिदैन ।

पछिल्लो समय सर्वोच्च अदालतले मन्त्रिपरिषद्मा भागबण्डा खोजेको बिषय देखि सबत्र आलोचना भै राखेको छ । यस कारण यी तमाम कारणहरुले नेपाली जनतामा थप निरासा मौलाएको छ । मुलुकको सबै भन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस प्रति जनताको आकर्षण पछिल्लो दिनमा बढ्न किन सकिरहेको छैन । कांग्रेसलाई रुचाउनेहरु पनि अहिले कांग्रेसले केही गर्न सक्दैनकी भन्ने मनस्थितिमा किन पुगेका छन् ।

हामी समग्रमा राष्ट्रिय राजनीतिमा मौलाएको अस्थिरता र त्यसमा पनि कांग्रेस जस्तो पार्टी जुन अरु पार्टीको अनिष्टमा रमाए जस्तो देखिएको छ । दल विभाजन सम्बन्धि अध्यादेश ल्याएको हर्कत देखि लिएर पछिल्ला जुनजुन गतिविधि नेपाली कांग्रेसका छन् ।

त्यसका पछाडिका कारणहरु के होलान् ? विपी लाई नै मानेर विपीको सिद्धान्तलाई मानेर कांग्रेसहरुले कहिले सम्म त्यसको ब्याज लिई राख्ने हुन् ? भन्ने कुरा अहिले राष्ट्रिय राजनीतिक वृत्तमा यो विषय उठिरहेको छ । यिनै बिषयमा आधारीत रहेको माउण्टेन टेलिभिजन एच.डी का लागी मञ्जु कार्कीले पुर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका पुर्व सह–महामन्त्री गोविन्दराज जोशी संग गरेको कुराकानी

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);