चिनियाँलाई नागरिकता बनाइदिने वडा सचिव पक्राउ | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

चिनियाँलाई नागरिकता बनाइदिने वडा सचिव पक्राउ

काठमाडौं, १७ कार्तिक । एक चिनियाँ नागरिकले घुस खुवाएर बंशजको आधारमा नेपाली नागरिकता लिएका छन्। काठमाडौं महानगरपालिकाका वडा नम्बर ११ का सचिव राम प्रसाद पौडेलको सहयोगमा उनले नागरिकता लिएका हुन्।

चीनका नागरिक कुङगा तेन्जिङ भुटियाले तेन्जिङ लामाको नाममा नेपाली नागरिकता र पासपोर्ट लिएका छन्। प्रहरीले कुङगा, पौडेल र नागरिकता बनाउन सहयोग गर्ने कर्मा धिन्डुप घलेलाई पक्राउ गरेको छ। चिनियाँ नागरिक कुङगा कपडा व्यापारमा आबद्ध छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);