१० बुँदे कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने जिम्मा भीम रावल नेतृत्वको कार्यदललाई (एक रिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

१० बुँदे कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने जिम्मा भीम रावल नेतृत्वको कार्यदललाई (एक रिपोर्ट)

नेकपा एमालेले १० बुँदे कार्यान्वयनको क्रममा देखिएका समस्याको समाधान गर्ने जिम्मा भीम रावल नेतृत्वको कार्यदललाई दिएको छ । सोमबार ललितपुरको च्यासलमा बसेको स्थायी कमिटी बैठकले यसअघि भएको ५ जनाको कार्यदलको संयोजकको जिम्मेवारी भीम रावललाई दिएको हो ।

कार्यदललाई सातै प्रदेशमा देखिएका अप्ठ्यारा, विभागमा देखिएका समस्या र केन्द्रीय सदस्यसम्मको कार्य जिम्मेवारी दिइएको छ । यो सँगै १० बुँदे कार्यान्वयन नभएको प्रति असन्तुष्ट रहेका नेताहरु चाहना सम्बोधन भएको विश्वास गरिएको छ ।

नेकपा एमालेको विधान अधिवेशन नजिकिँदै गर्दा तेस्रो धारका नेताहरु अझै सन्तुष्ट हुन सकेका छैनन् । १० बुँदे सहमति स्वीकार गरेर माधव नेपालको साथ छोडी एमालेमै रहन सहमत भएका ९ जना नेताहरुले असहज महसुस गरेका हुन् ।

एमाले केन्द्रीय कमिटी बैठकमा त नेताहरूले १० बुँदे कार्यान्वयन नभएको भन्दै स्पष्ट पार्न समेत माग समेत गरेका थिए । तर यो अवस्था सोमबारको स्थायी कमिटी बैठमा आएर भने परिवर्तन हुन पुग्यो जसमा असन्तुष्ट पक्षका नेताहरुलाई नै जिम्मेबारी बनाइएको छ ।

१० बुँदे सहमति लगभग ९० प्रतिशत कार्यन्वयन भैसकेको र बाँकी रहेका केहि असन्तुष्टीहरु विस्तारै छलफलमार्फत समाधानतर्फ लैजाने एमालेका नेता पृथ्वीसुब्बा गुरुङले बताए ।

एमाले नेताहरु १० बुँदे लगाएतका विषयहरुमा सहज देखिएपनि तेस्रो धारमा रहेका नेताहरु कहिँकतै अझै अप्ठ्यारो महसुस गरिरहेको बताइएको छ । जिम्मेवारी बाँडफाँडदेखि पार्टीले अवलम्बन गरेको सिद्दान्तको विषयमा समेत तेस्रो धारले असन्तुष्टी राख्दै आएका छन् ।

पार्टी अध्यक्षले पेश गरेको प्रतिवेदनमा छलफल गर्न सोमवार बसेको स्थाई कमिटी बैठकले भने उक्त विवादहरु छलफलका साथ विस्तारै समाधान हुँदै जाने निर्णय गरेको छ । साथै १० बुँदे कार्यान्वयनका लागि भिम रावललाई संयोजकको जिम्मेवारी दिईने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभएको छ ।

पटक पटक बैठक बसेर तेस्रो धारलाई रिझउन खोजेपनि कार्यान्वयनमा भने अध्यक्ष ओली लचिलो बन्न नसक्दा तेस्रो धारमा असन्तुष्टी बढिरहेको विश्लेषण भइरहदा सोमबारको निर्णले भने केहि उत्साह देखिएको नेताहरुको प्रतिकृया छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);