नगर प्रमुखको कार्यशैलीविरुद्ध औरहीवासी आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नगर प्रमुखको कार्यशैलीविरुद्ध औरहीवासी आन्दोलित

महोत्तरी । औरही नगरपालिकामा जनप्रतिनिधिविरुद्ध स्थानीयवासी आन्दोलित भएका छ्न् । नगर प्रमुख सुनिल यादवले विभिन्न शीर्षकमा व्यापक अनियमितता गरेको र सूचना माग्दा नदिएको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।

यादवले जनताको मतलाई सुनिश्चित गर्न नसकेको, नगरवासीको आशा र अपेक्षालाई बेवास्ता गर्दै विकासका काममा अनियमितता गरेको आरोप लगाउँदै तीनदेखि नगरपालिकाको मूलगेटमा धर्ना तथा आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका हुन् । आन्दोलनलाई प्रभावकारी बनाउन स्थानीय पाँच राजनीतिक दलले समेत ऐक्यबद्धता जनाएका छन् ।

‘जबसम्म नगर प्रमुखले चार वर्षदेखि आय(व्ययको विवरण उपलब्ध गराउँदैनन्, तबसम्म आन्दोलन जारी रहने छ,’ लोसपा स्थानीय नेता दरेश यादवले भने ।

यादवले विकासका हरेक शीर्षकमा भ्रष्टाचार गरेको, निर्वाचित भएसँगै पालिकामा न्यूनतम कामसमेत गर्न नसकेको, उपमेयरका काममा हस्तक्षेप गर्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई समेत अवज्ञा गरेको, पालिकाका कार्यकारी प्रमुखसँगको मिलेमतोमा अकूत सम्पत्ति कमाएको जस्ता आरोप उनीमाथि लागेको छ ।

नगर प्रमुख यादवले भने केही राजनीतिक दलले आफ्नो राजनीति अभिष्ट पूरा गर्न अनावश्यक आरोप लगाएको दाबी गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);