काठमाडौं । एमाले सांसदहरुले नाराबाजी गरी अवरोध सिर्जना गरेपछि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक पुन सूचारु भएको छ ।
शुक्रबारका दोश्रो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी कायम गरेका छन् । सभामुख अग्नि सापकोटाले भने बैठक सूचारु गर्ने वातावरण बनाउन आग्रह गरिरहेका छन् ।
बैठकमा अवरुद्ध सिर्जना गरेर कुनै फाइदा नभएको र देश र जनताका विषयमा बैठक गर्नु पर्ने धेरै विषय भएको भन्दै सभामुख सापकोटाले अवरोध अन्त्य गर्न आग्रह गरेका छन् ।