मकवानपुर । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । मन्त्रिपरिषद् विस्तार गरेर १२ सदस्यीय बनाइएको छ । मन्त्रिपरिषद् मा १० जना नयाँ अनुहार थपिएका छन् ।
शाक्यको मन्त्रिपरिषदमा काभ्रेका चन्द्र लामा सहित प्रदीप कटुवाल, रचना खड्का, बद्री मैनाली, विजय सुवेदी, अजयक्रान्ति शाक्य, शान्ति पौडेल, जुनेलीमाया श्रेष्ठ, जीवन खड्का र सरस्वती बाची रहेका छन् ।
उनीहरूको सपथ दिउँसो २ बजेका लागि तय भएको मुख्यमन्त्रीको कार्यालय स्रोतले जनाएको छ । यसअघि मुख्यमन्त्री शाक्य र आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डे रहेका छन् ।