आज कुशे औँशी तथा बुवाको मुख हेर्ने दिन, हिन्दू धर्मावलम्बीले घरघरमा कुश भित्र्याउदैं (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

आज कुशे औँशी तथा बुवाको मुख हेर्ने दिन, हिन्दू धर्मावलम्बीले घरघरमा कुश भित्र्याउदैं (फोटो फिचर)

प्रसन्न ढुंगाना,
काठमाडौं ।
आज कुशे औँशी, आजको दिन हिन्दु धर्मावलम्बीले घरघरमा कुश भित्र्याउनुका साथै बुवाको मुख हेर्न चलन पनि छ । कुशे औंसी लाई बुवाको मुख हेर्ने औंसी पनि भनिन्छ ।

आजको दिन आफ्नो बुवा हुनेहरुले बुवाको मुख हेरेर मिठाई, फलफूल, कपडा लगायतका उपहार दिने गर्दछन् । बुवा नहुनेहरुले अथवा स्वर्गीय भइसकेकाको सम्झनामा श्राद्ध गर्ने चलन छ । यस्तै हिन्दु धर्मावलम्बीले विभिन्न धार्मिक कार्यका लागि प्रयोग हुने कुश घर भित्र्याउने चलन छ ।

स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।
अर्थातः नुहाउँदा, जप स्नान गर्दा, दान गर्दा, पाठ–पूजा, पितृ कार्यमा समेत प्रयोग हुने बहुपयोगी कुशलाई हिन्दू धर्मावलम्बीहरूले महत्वका साथ हेर्दछन् ।

कुश वैदिक सनातन संस्कारको देवकर्म र पितृकर्म दुवैमा अनिवार्य वनस्पति हो ।

आजको दिनमा बुवाको मुख हेर्नुका साथै बुबा नहुनले गोकर्णमा आएर श्राद्ध गर्नाले फल प्राप्ती हुने पुरोहित कृष्ण चन्दा लामिछाने बताउँछन् । ‘आजको दिनमा केहि उपहार वा खानेकुरा दिएर बुवाको मुख हेर्ने चलन छ । आफ्नो बुवा नहुनेले गोर्कण तिर्थ स्थलमा गएर श्राद्ध गर्दा पितृको आत्माले शान्ति पाउने उद्धार हुने र त्यसको फल प्राप्ति हुने धार्मीक विश्वास छ ।’, उनेले भने ।

मातृ देवो भव ।
पितृ देवो भव ।।
गुरू देवो भव ।।।
अर्थातः आमा, बुवा, गुरु सबै भगवान हुन् ।

यता, कुशे औंशीको दिन अघिल्ला बर्षहरुमा मेला लाग्ने गोकर्णेश्वर मन्दिरमा यस बर्ष भिडभाड गर्न पाईने छैन । कोरोना महामारिको त्रास कायमै रहेकाले यसबर्ष मन्दिरमा नआउन आग्रह गरिएको गाकर्णेश्वर नगरपालिका–४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले बताए । ‘कोरोनाको महामारीको त्रास रहिरहेकाले हामिले यो पटक मन्दिरमा भिड नर्गन भनेका छौं ।’, उनले भने ।

यसैपनि हाम्रा केहि विशेष चाडपर्व र दिवसहरु अहिले मोबाइल र सामाजिक संजालमा सिमित भएकोजस्तो देखिन्छ । परदेशमा हुने छोराछोरीले फोनबाटै कुरा गर्नु नौलो होइन । तर भाौतिक रुपमा आफुसंग संगै रहेका छोराछोरीले पनि भौतिक रुपमा भन्दा फेसबुक लगायतका सामाजिक संजालको प्रयोग गरेर मनाउने चलन व्याप्त छ । ३६४ दिन जेजस्तो गरे पनि आजको एकदिन मख्ख पार्न फोटो, भिडियो बनाएर सामाजिक संजालमा पोष्ट गर्ने कारणले गर्दा बुवाको मुख हेर्ने चलन देखावटीजस्तै भएको छ ।

स्मरणीय छ, बढ्दै गएको आधुनिकतासंगै बुवा आमाहरुलाई बृद्धाश्रममा राख्ने, हेला गर्ने तथा झर्को फर्को मान्ने चलनहरु बढेर गइरहेको छ । अरु दिन मतलब नगर्ने तर एकदिन फकाएर कसैको पनि बुबा खुशी हुन सक्दैनन । आजको पुस्ताको व्यवहारले आउँदा पुस्ताहरुमा पनि पितृमोहका भावना अझ प्रगाढ पार्न पितृप्रतिको दायित्व पुरा गर्नुपर्ने महत्व र आवश्यक्ता झन बढ्दै गएको छ ।

होइन भने छोराले आफनो बुवालाई डोकोमा बोकेर भिर बाट फाल्दै गर्दा नातिले त्यो डोको चाहिँ नफाल्नु तपाइँलाई फाल्न काम लाग्छ भनेकोजस्तो स्वर फेरी सुन्न नपर्ला भन्न सकिन्न । समस्तमा कुशे औँशी तथा बुवाको मुख हेर्ने दिनको शुभकामना ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);