उत्तर कोरियालाई तीन शक्तिशाली राष्ट्रको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

मंसिर २९ २०८१, शनिबार

एजेन्सी, १३ कार्तिक । विश्वका शक्तिशाली देश अमेरिका, दक्षिण कोरिया र जापानले उत्तर कोरियालाई परमाणु हतियार निर्माण गर्ने कार्यदेखि टाढै बस्न चेतावनी दिएका छन्।

हवाईस्थित अमेरिकी प्यासिफिक कमाण्डको मुख्यालयमा आइतबार भएको भेटवार्तापछि तीन देशका वरिष्ठ रक्षा अधिकारीहरुले संयुक्त रुपमा उत्तर कोरियालाई यस्तो आग्रह गरेका हुन्।

वार्तामा उनीहरुले प्योङयाङको पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमबारे छलफल गरेको बीबीसीले जनाएको छ।

अमेरिकी सेनाद्वारा जारी एउटा वक्तव्यमा उत्तर कोरियालाई गैरजिम्मेवारपूर्ण उक्साउने गतिविधिदेखि पर बस्न आग्रह गरिएको उल्लेख छ।

केही दिनअघि मात्रै अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले आफ्नो मुलुकले परमाणु शक्ति सम्पन्न उत्तर कोरिया कहिल्यै स्वीकार नगर्ने बताएका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);