अफगानिस्तानबारे भावी रणनीति तय गर्न जी–७ राष्ट्रका नेताको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

अफगानिस्तानबारे भावी रणनीति तय गर्न जी–७ राष्ट्रका नेताको बैठक बस्दै

एजेन्सी । अफगानिस्तानको संकटबारे जी–७ राष्ट्र समूहका नेताहरुले छलफल गर्ने भएका छन् । अफगानिस्तानबारे भावी रणनीति तय गर्ने उद्देश्यले जी–७ राष्ट्रका नेताहरुबीच मंगलबार छलफल हुन लागेको हो ।

अफगानिस्तानमा रहेका विभिन्न देशका व्यक्तिलाई सुरक्षित ढंगले स्वदेश फर्काउने र मानवीय सकंट रोक्ने बारेमा वैठक केन्द्रित हुने बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् ।

बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री जोनसनबीच छलफल हुनेछ । जी–७ राष्ट्र समूहअन्तर्गत बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, अमेरिका छन् । बेलायत अहिले समूहको अध्यक्ष हो ।

बैठकपछि बिहीबार जी–७ का विदेशमन्त्रीहरुले राजधानी काबुल छोड्न चाहने व्यक्तिलाई निर्वाध ढंगले अनुमति दिन तालिवानसँग अनुरोध गर्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);