काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक सुरु भएको हो ।
यसअघि सामेबार नै बसेको स्थायी कमिटीको बैठकले पारित गरेको विधान संशोधन प्रस्तावलाई केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गर्ने तयारी गरिएको छ ।
एमालेले यसअघि नै भदौ २७ र २८ गतेका विधान महाधिवेशन गर्ने तय गरेको छ । केन्द्रीय कमिटी बैठकमा यसविषयमा केन्द्रीत छलफल हुने छ ।