तालिबानद्वारा एकै दिन तीन प्रान्तीय राजधानी कब्जा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

तालिबानद्वारा एकै दिन तीन प्रान्तीय राजधानी कब्जा

एजेन्सी । आफ्नो प्रभाव क्षेत्र तीव्र गतिमा बिस्तार गर्दै लगेको तालिबानले आइतबार एकै दिन तीन प्रान्तीय राजधानी कब्जा गरेको छ ।

अफगानिस्तानमा पछिल्लो केही दिनयता तालिबान बिद्रोहीले रणनीतिक रुपमा महत्वपूर्ण रहेका प्रान्तीय शहरहरु कब्जा गरेका हुन् । ग्रामीण क्षेत्रमा आफ्नो पकड बनाएपछि शहर पसेका तालिबान लडाकुले आइतबार उत्तरी शहर कुन्दुज सहित सर–ए–पुल र तालोक्वानमा नियन्त्रण कायम गर्न सफल रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

यो सँगै अहिले सम्म तालिबानले पाँच प्रान्तीय राजधानीमा कब्जा जमाउन सफल भएको छ । यसअघि शनिबार तालिबानले उत्तरी क्षेत्रको जोजन राज्यको राजधानी शबरगान तथा शुक्रबार दक्षिण पश्चिमी प्रान्त निमरोजको राजधानी जारान्ज कब्जामा लिएको थियो ।

अहिलेसम्म नियन्त्रणमा लिइएका मध्ये कुन्दुज रणनीतिक रुपमा निकै महत्वपूर्ण रहेको छ । अमेरिकी तथा अरु विदेशी सैनिक फिर्ता हुने थालेपछि अफगानिस्तानमा हिंसा बढ्दै गएको छ । २० वर्षको सैन्य अभियानपछि अमेरिकी तथा नेटोमा आवद्ध सैनिकहरु आउँदो सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानबाट बाहिरिँदै छन् ।

पछिल्ला हप्ताहरुमा तालिबान लडाकुले आफ्नो प्रभाव क्षेत्र तीव्र गतिमा बिस्तार गरिरहेका छन् । तर तालिबान सरकारले भने आफ्ना सैनिकहरुले शहरहरु पनि नियन्त्रणमा लिने प्रयास गरिरहेको बताएको छ ।

पश्चिमी शहर हेरात, दक्षिणी शहर कान्दाहर तथा लश्कर गाहमा पनि भिडन्त भइरहेको छ । तालिबान र सरकारी सुरक्षाबल बिचको भिडन्तका कारण यो वर्ष हजारौँ सर्वसाधारण बिस्थापित भएका छन् ।

बालबालिका सहित परिवारहरुले विद्यायल तथा स्थानीय सार्वजनिक भवनहरुमा शरण लिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);