पुन: उकालो लाग्दै संक्रमित संख्या, ३ हजार ८ सय ९९ संक्रमित थपिए | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

पुन: उकालो लाग्दै संक्रमित संख्या, ३ हजार ८ सय ९९ संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना संक्रमण दर फेरि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ९९ संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १२ हजार ६ सय ५५ पीसीआर परीक्षणबाट २ हजार ७ सय २६ संक्रमित र ४ हजार ८ सय ६३ एन्टिजेन परीक्षणबाट १ हजार १ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७ सय ७८ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४७ हजार ७९ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा २० संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार ७ सय ५८ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);