आज देशभरको मौसम पूर्वानुमान कहाँ कस्तो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

आज देशभरको मौसम पूर्वानुमान कहाँ कस्तो ?

काठमाडाैं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार साेमबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ ।

हाल देशभर सामान्य देखि पुर्ण बदली  रहि केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

साेमबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती, गण्डकी , लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभरदेशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी  र लुम्बिनी   प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी /धेरै भारी वर्षाको  सम्भावना रहेको छ।

बाग्मती, गण्डकी , लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भूभागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु पनि महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);