काठमाडौं । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल स्वघोषित नेता मात्रै भएको आरोप लगाएका छन् ।
सर्वोच्च अदालतको फैसला पछि नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका नेता रायमाझीले दाहालकै कार्याशैलीका कारण पार्टी कमजोर हुदै गएको र आफुहरुले त्यही कार्यशैलीको विरोध गर्दे आएको बताएका हुन् ।
संघीय राजधानी काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा नेता रायमाझीले ६९ सालमा नाममात्रको महाधिवेशन गरिएको टिप्पणी गरेका छन् । उनले विगत ३३ बर्ष देखि विना बिचार तथा विधि र प्रक्रिया विना नै अध्यक्ष दाहाल स्वघोषित रुपमा नेतृत्वमा बसिरहेको आरोप समेत लागाए ।
माओवादी पार्टीले गरेको योगदानलाई कदर गर्नुपर्छ र कमजोरीलाई करेक्सन गर्नुपर्छ भनेर आफुहरु संघर्ष गरिरहेको उनले बताए ।नेकपा माओवादी केन्द्रको कार्यशैली राजनीतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था प्रतिकुल भएको उनको तर्क थियो ।