काठमाडौं । नेकपा एमालेका राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राष्ट्रियसभामा कस्मेटिक राजनीति नगर्न आग्रह गरेका छन् ।
राष्ट्रिय सभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका राष्ट्रियसभा सदस्य बैठकमा सरकारको कामको विरोध वा समर्थनमा अभिव्यक्ति दिन सकिने भन्दै कस्मेटिक राजनीति नगर्न सवैलाई आग्रह गरेका छन् ।
वर्तमान सरकार संविधान कार्यान्वयनमा सफल रहेको भन्दै उनले सरकारका कामकारवाहीको बचाउ समेत गरेका छन् । उनले कानून बनाउन नसक्ने र सरकारलाई काम गर्न नदिने प्रतिनिधिसभा विघटन हुनु लोकतान्त्रिक र संवैधानिक भएको जिकिर गर्दै के जनताको बीच जाने कुरा अलोकतान्त्रिक हो ? भनी प्रश्न गरेका छन् ।
भट्टराईले सरकार बनाईदिनुपर्यो भनेर अदालतमा मुद्धा हालिएको भन्दै अदालतले सरकार बनाउन नसक्ने दाबी स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी भएको भन्दै पुर्व प्रधानमन्त्रीहरुलाई ओलीलाई राष्ट्रियता विरोधी भनी प्रमाणित गरेर देखाउन पनि उनले चुनौति दिएका छन् । उनले ओलीको राष्ट्रवाद व्यक्तिमा मात्र नभएर व्यवहारमा समेत देखिएको दाबी गरेका छन् ।