एमालेको दशौं महाधिवेशन आयोजक समिति खारेज, केन्द्रीय कमिटीको बैठक १८ गते बस्ने | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

एमालेको दशौं महाधिवेशन आयोजक समिति खारेज, केन्द्रीय कमिटीको बैठक १८ गते बस्ने

काठमाडौं । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले दशौं महाधिवेशन आयोजक समितिलाई खारेज गरेको हो । खारेजगरेसंगै अब एमालेको सम्पूर्ण काम केन्द्रीय कमिटीकै नामबाट संञ्चालन हुने प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् ।

बैठकले कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको कामको उच्च प्रशंसा गरेको पनि ज्ञवालीले जानकारी दिएका छन् । त्यस्तै बैठकमा सवै नागरिकलाई तत्काल खोप उपलब्ध गराउन पनि आग्रह गरिएको छ ।

बैठकले स्थायी कमिटीमा रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई मनोनीत गर्ने निर्णय पनि गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिएका छन् ।

नेता झलनाथ खनालको उपचार खर्च पार्टीले बेहोर्ने

वरिष्ठ नेता झलनाथ खनालको उपचारको जिम्म पनि पार्टीले लिने निर्णय भएको बताइएको छ । त्यस्तै एमालेको बैठकले बाढी, पहिरोजस्ता विपदमा उद्दार र राहतमा सरकारले खेलेको भूमिकाको उच्च प्रशंसा गरेको ज्ञवालीले जानकारी दिएका छन् ।

त्यस्तै बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठबारे प्रश्न उठेको छ । केन्द्रीय सदस्य जगत विश्वकर्माले मन्त्री श्रेष्ठले जातीय विषयलाइै प्रश्य दिन खोजेको भन्दै राजीनामाको माग समेत गरेका छन् ।

मन्त्री श्रेष्ठको कदमबारे अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत गम्भीर हुन् विश्वकर्माले आग्रह गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);