पोखरा । गण्डकी प्रदेशको यातायात कार्यालय १० गतेदेखि सञ्चालनमा आउने भएको छ । निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य विधि मापदण्ड अपनाएर सेवा सुचारु गरिने यातायात व्यवस्था कार्यालय गण्डकीले जानकारी दिएकाे छ ।
कास्की प्रशासनले निषेधाज्ञा केही खुकुलो गरेपछि ठप्प रहेका सेवा पुन सुचारु हुने भएको हो । तर, कोटा सिस्टमबाट सेवा प्रवाह गरिने । दैनिक नविकरण १ सय, स्मार्ट कार्ड वितरण १ सय, ट्रायल पास भएर रसिद बुझाउन बाँकी १ सय र प्रमाणीकरणको लागि अत्यावश्यक हकमा मात्रै कागजपत्र पेश गरेको खण्डमा सेवा दिइने यातायात ब्यवस्था कार्यलय गण्डकी ले जानकारी दिएकाे छ ।