२४ घण्टामा ३ हजार ६ सय ६० जना कोरोना जित्न सफल | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

२४ घण्टामा ३ हजार ६ सय ६० जना कोरोना जित्न सफल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ६० ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा हुने ३ हजार ६ सय ६० संक्रमणमुक्त भएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या पाँच लाख ५३ हजार ३ सय ४२ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ४ सय १ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका ७ हजार १० पीसीआर परीक्षणमध्ये एक हजार ६ सय ८८ संक्रमित र ४ हजार ६ सय ८६ एन्टिजेन परीक्षणबाट सात सय १३ संक्रमित गरी जम्मा २ हजार ४ सय १ मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा एक सय ३४ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा आठ हजार ६ सय ७५ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);