बाढी प्रभावित क्षेत्रको राहत कार्यमा तदारुक्ता देखाउन एमालेको सरकारलाई ध्यानकर्षण | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८१, मंगलबार

बाढी प्रभावित क्षेत्रको राहत कार्यमा तदारुक्ता देखाउन एमालेको सरकारलाई ध्यानकर्षण

काठमाडौँ। नेकपा एमालेले बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार गर्न सरकारलाई अपिल गरेको छ ।प्रवक्ता प्रदीप ज्ञवालीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दे विपत्तिमा तत्काल उद्धार र राहतका काम प्रभावकारी ढंगले अगाडि बढाउन सरकारलाई अपिल गरेक हुन् ।

उनले मृतकका परिवारका लागि राहत उपलब्ध गराउन, वेपत्ताहरुको खोजी गर्न र बाढीले बेघरबार बनाएका परिवारका लागि अस्थायी बसोबासको प्रबन्ध गर्ने जस्ता गृहकार्यका तदारुक्ता देखाउन सरकारलाई आग्रह गरेका छन् ।

त्यस्तै एमालेले सरकारले हालै पारित गरेको विपद कार्य योजना प्रभावकारी ढंगबाट कार्यन्वयन गर्न समेत हार्दिक अपिल गरेको प्रेश विज्ञप्तिमा उल्लेख गरेको हो । एमाले प्राकृतिक जोखिम रहेका जनसमुदायको उद्धार कार्यमा तदारुक्ता देखउन समेत आ आफ्नो ठाउँबाट नेता तथा कार्यकर्तालाई आह्वान समेत गरेको छ ।

केही दिनयता लगातारको भारी वर्षाका कारण देशका विभिन्न ठाउँमा ठूलो जनधनको क्षेति पुगेको भन्दै एमाले तथा अन्य दलहरुले सरकारलाई उक्त स्थानमा ध्यान केन्द्रित गर्न समेत आग्रह गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);