ट्यांकर चालकलाई खोप लगाउने सहमति भएसंगै पेट्रोलियम पदार्थको आयातमा सहज | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८३, आइतबार

ट्यांकर चालकलाई खोप लगाउने सहमति भएसंगै पेट्रोलियम पदार्थको आयातमा सहज

petrol tanker

काठमाडौं। कोरोनाविरुद्धको खोप लगाउन नपाएका कारण आन्दोलित भएका ट्यांकर चालकले खोप लगाउन पाउने भएका छन् । आइतबारदेखि पेट्रोलियम पदार्थको आयात ठप्प बनाउदै आएका ट्यांकर चालकले खोप लगाउन पाउने भएका हुन् ।

अत्यावश्यक सेवामा पर्ने पेट्रोलियम पदार्थको ढुवानीलाई सुचारु गर्न बागमती प्रदेशका ट्यांकर चालक र सहचालकलाई खोपको व्यवस्था गर्ने सहमतिपछि आन्दोलन फिर्ता भएको हो ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले ट्यांकर चालक संघले राखेका जायज माग पूरा गर्न निगम तयार रहेको जानकारी दिएका छन् । उनले उधोग मन्त्रालयसँग कोरोनाको खोप मागिसकेकाले खोप लगाउनका लागि कुनै चिन्ता नलिनुपर्ने बताएका छन्।

उद्योग मन्त्रालयले अत्यावश्यक सेवामा सक्रिय व्यक्तिका लागि कोरोना खोपको प्रबन्ध गर्न सीसीएमसीलाई पत्राचार गरिसकेको मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले जानकारी दिएकी छिन् ।

त्यस्तै नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले कोरोनाविरुद्धको खोप उपलब्ध गराउने डिपोका ट्यांकर चालकले आयात सुचारु गर्ने जानकारी दिएका छन् । खोप नलगाएका चालकले भने अहिले नै आयातको काम नगर्ने लामाको जिकिर रहेको छ ।

Leave a Reply

ताजा समाचार