एजेन्सी । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, आइओसीले , टोकियो ओलम्पिकका लागि छनोट भएका ८० प्रतिशत खेलाडीले कोरोना विरुद्धको खोप लगाइसकेको दावी गरेको छ । टोकियो ओलम्कि सुरु हुने एक महिना बाँकी रहँदा आइओसीले ८० प्रतिशत खेलाडीले कोरोना विरुद्धको खोप लगाइसकेको दावी गरेको हो ।
महामारीको जोखिमकाबीच ओलम्पिक रद्द गर्नूपर्ने आवाज उठीरहेको बेला टोकियाले एक वर्षपछि सरेको ओलम्पिक आगामी २३ जुलाईबाट आयोजना गर्न तयार गर्दैछ । ओलम्पिक खेलका कार्यकारी निर्देशक क्रिस्टोफर दुबीले ८० प्रतिशत खेलाडीले कोरोना विरुद्धको खोप लगाइसकेको दावी गर्दै ओलम्पिक तोकीएकै समयमा हुने बताएका छन् ।
हरेक देशको ओलम्पिक कमिटीसंग सम्पर्कमा रहेको र आफुहरुले गर्न सकिने सहयोगबारे सोधेको पनि उनले बताए । टोकियो ओलम्पिकमा सहभागीहुने दश हजार ९ सय खेलाडी मध्ये ८० प्रतिशतको छनोट निश्चित भइसकेको छ ।
बांकी खेलाडीको जुन अन्त्यसम्म टुंगो लागिसक्ने छ टोकीयो ओलम्पिकमा नेपालबाट अहिलेसम्म पौडीका गौरिका सिंह र एलेक्स शाह, एथ्लेटिक्सका गोपीचन्द्र पार्की र सुटिङकी कल्पना परियार गरी चार खेलाडीको सहभागिता पक्का भएको छ ।