मंगोलियामा नयाँ राष्ट्रपतिका लागि मतदान हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मंगोलियामा नयाँ राष्ट्रपतिका लागि मतदान हुँदै

एजेन्सी। मंगोलियामा नयाँ राष्ट्रपतिका लागि मतदान शुरु भएको छ । विश्व कोरोना भाइरसले आक्रान्त बनाइरहेको समयमा बुधबार मंगोलियामा नयाँ राष्ट्रपतिका लागि मतदान शुरु भएको हो । कम्युनिष्ट शासन त्यागेर सन् १९९२ मा प्रजातान्त्रिक शासन व्यवस्था अंगालेको मंगोलियामा त्यसयता छैटौं पटक राष्ट्रपतिका लागि निर्वाचन हुन लागेको छ ।

राष्ट्रपतिका उम्मेदवारहरुमा मंगोलियन पिपुल्स पार्टीबाट पूर्व प्रधानमन्त्री उखनाजिन खुरेलसुख पनि चुनावी मैदानमा छन् । यस दलको संसदमा बलियो बहुमत रहेको छ । विगतमा सैनिक सेवाबाट राजनीतिमा प्रवेश गरेका कारण खुरेलसुखले जितेमा मुलुकको सार्वजनिक मामिलामा सैनिकहरु हाबी हुन सक्ने अनुमान समेत गरिएको छ ।

खुरेलसुखका मुख्य प्रतिस्पर्धीका रुपमा डेमोक्रेटिक पार्टीका सोड्नोजुनदुइन एर्डिन रहेका छन् । मंगोलियाको निर्वाचन आयोगका अनुसार चुनावका लागि २१ लाख ५१ हजार व्यक्तिको नाम मतदाता सूचीमा रहेको छ । मतदान कार्य राति १० बजे सम्मका लागि तोकिएको बताइएको छ । तर मत परिणाम कहिले आउँछ भन्ने उल्लेख गरिएको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);