नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहास सात दशक भन्दा लामो छ । २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना भएदेखि अहिले सम्म हेर्नेहो भने, कम्युनिष्टहरु दर्जनौ पटक फुट्दै जुट्दै यहाँ सम्म आइपुगे । विश्वमा नै समाप्त भइरहेको कम्युनिष्ट आन्दोलन पछिल्लो समय नेपालमा पनि धरमराएकोछ। । आफ्नै ले आफ्नालाई सक्काउने प्रवृति हावी हुदा अहिले नेताहरु आफ्नै पार्टी र नेपालको सिंगो कम्युनिष्ट आन्दोलन समाप्त गर्न देशी विदेशी शक्तिको गोटीका रुपमा प्रयोग भइरहेका छन् ।
नेपालमा कम्युनिष्ट पार्टीहरुको फुटको अनगिन्ती श्रृखला पछिल्लो समय नेकपा एमालेमा आइपुगेको छ। एमाले, सैद्धान्तिक नभइ पदको भागबन्डा नमिल्दा फुटको संघारमा पुगेको स्पष्ट देखिएको छ। कम्युनिष्टहरु सिद्धान्त नभइ पदकै लागि, पटक पटक फुटेका छन्। आफ्नै पार्टी नेतृत्वको सरकारविरुद्ध घेराबन्दी गर्ने कम्युनिष्टहरु विगतमा विभाजनको अन्त्यहीन शृंखलाबाट गुज्रिएको इतिहास छ । ७० बर्षे लामो इतिहासमा पनि सांगठनिक र वैचारिक रूपमा स्पष्ट भएर अघि बढ्न नसक्दा विभाजनमा शक्ति देख्ने मनोदशा र गुटबन्दीमा रमाउने मनोरोगबाट नेपाली कम्युनिष्टहरु मुक्त हुन सकेका छैनन । कम्युनिस्ट नेताहरु आन्तरिक, बाह्य, देशी, विदेशी, सैद्धान्तिक, व्यावहारिक, व्यक्तिगत र गुटगत प्रवृत्तिका कारण फुट्दै जुट्दै आएको इतिहास छ।
तर नेताहरुले कहिल्यै पनि कम्युनिस्ट आन्दोलनको मुल मर्म अनुसार काम गर्न सकेनन । अन्याय, शोषण र अत्याचारविरुद्ध संघर्ष गर्न कम्युनिस्ट पार्टीमा संलग्न भएका नेताहरु नै पार्टीभित्र अत्याचार, पक्षपात, विभेदपूर्ण व्यवहार र हार्दिकता विपरीत रबैया देखाउदै आइरहेकाछन । नेपाली कम्युनिष्ट नेताहरुको दुर्भाग्य पनि यहि हो । करिब सात दशकको अनुभवमा नेपालको कम्युनिस्ट आन्दोलनले त्याग, तपस्या, बलिदान र परिवर्तनका लागि संघर्ष त ग¥यो तर नेताहरु सफल हुन सकेनन । किनकि कम्युनिष्ट भित्र आफ्नैले आफ्नालाई सिध्याउने खेल ७२ बर्षदेखि जारी छ । संसारकै उत्कृष्ट व्यवस्थामा रहेको नेपालमा अहिले कम्युनिष्टहरु दृष्टिबिहीन अस्थामा अगाडी ढिरहेका छन । राज्यसत्ता सञ्चालन गर्ने मुल जिम्मेवारी पाएको पार्टी नेकपा एमाले धरमराउदा, मुलुक पनि खतरामा पर्न सक्ने सम्भावना बढेको छ ।
विश्वमा चीनबाहेक कुनै पनि देशमा पुर्णरुपले कम्युनिस्ट शासन चल्न सकेको छैन । चीनका कम्युनिस्ट आफ्नै ढंगले नीति बनाएर अगाडि बढिरहेका कारण अहिलेसम्म टिकेको छ । विश्वका अन्य देशमा बनेका कम्युनिस्टहरु ध्वस्त भइसकेका छन । पोल्याण्ड, हंगेरी, चेकास्लाभिया, रोमानिया, सोभियत संघ, युगोस्लाभिया जस्ता देशमा कम्युनिस्ट शासन भएपनि कम्युनिस्टहरुको प्रभावकारीता छैन । जसरी ती देशका कम्युनिष्टहरु ध्वस्त भए त्यसरी नै अहिले नेपालका कम्युनिष्टहरुले बबार्दीकोबाटो अँगालिरहेकाछन । इतिहासकै बलियो सरकार नाएको नेकपा अलग भइसकेको छ । अहिले सरकार मात्रै कमजोर भएको छैन, सत्तारुढपार्टी नेकपा एमाले पनि दयनीय अस्थामा पुगेको छ । सोभियतसंघ कम्युनिष्ट टुक्र¥याने विदेशी शक्ति नेपालमा पनि हावी भएको छ। त्यसमा कठपुतली बनेर नेपालकै नेताहरु नाचिरहेका छन। नेपाललाई अस्थिर राखिराख्न चाहन शक्तिले नेपाी कम्युनिष्टहरुलाई वस्त बनाउन कुनै कसर बाकि राखेको छैन।
२००६ साल वैशाख १० गते नेपालको पहिलो कम्युनिष्ट पार्टी भारतको कलकत्तास्थित श्यामबजारमा गठन भयो। पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी कम्युनिष्ट पार्टीका संस्थापक थिए। ५ जनाबाट सुरू भएको कम्युनिष्ट पार्टी दर्जनौ पटक फुट्यो । सिद्धान्त देखि यौनकाण्डको विवादमा समेत नेपालका कम्यनिष्टपार्टीहरु फुटेको इतिहास जिवितै छ । नेकपा एमाले फुटको संघारमा पुग्दा कम्युनिष्ट पार्टीहरुको अवसान हुन लाग्यो भनेर शिर्ष नेताहरु रोइकराइ गरिरहेकाछन । पुष्पलाल, मदनभण्डारी, मोहनविक्रम, निर्मल लामा, रूपलाल विश्वकमा, मोहन वैद्य किरण, मनमोहन अधिकारी, सिपी मैनाली, बाबुराम भट्टराइ, नेत्रविक्रम चन्द, पुष्पकमल दाहल, माधवकुमार नेपाल र केपी शर्मा ओली लगायत सयौ नेताहरुले ७० वर्षअघि देखि नेपाल कम्युनिष्ट पार्टीलाई तोड फोड गरेर आफ्नो राजनीतिक यात्रा गरे ।
२००६ सालमा शुरु गरेको कम्युनिष्टहरुको त्यो यात्राले विभिन्न कालखण्डमा आन्दोलन ग¥यो, दश बर्षे सशस्त्र जनयुद्ध समेत ग¥यो । हजारौ नेपालीहरुले देशका लागि बलिादन दिए, आज सम्म कयौ नेपाली वेपत्तापारिएकाछन। कयौ नेपाली अंगभग भए, त्यसका बावजुद नेपाली जनताले २०६४ सालमा तत्कालिन एमाओदी केन्द्रलाई सै भन्दा ठुलो पार्टी बनायो । त्यसपछि नेकपा एमालेलाई नै जनताले नेपालको मुल कम्युनिष्ट पार्टीको रुपमा स्थापीत गरे । २०७४ सालको निर्वाचनमा सबैभन्दा शक्तिशाली पार्टी बने नेकपा एमालेले फुटको श्रृंखला दोहो¥याउदा देशकै लागि दुर्भाग्य हुनेछ। केहि नेताहरुलाई लागेको हुन सक्छ, पार्टी फुटाएरै भए पनि कसैलाई पाखा लगाउछ भन्ने । तर एमाले नेताहरु सवार डुंगा एउटै छ । डुंगा पल्टिए सबै डुब्नेछन। यस कुराको हेक्का राख्न जरुरी छ ।
एमाले, माओवादी र अन्य अकिांश कम्युष्टि पार्टीका नेताहरु नितान्त व्यक्तिवादी सोच र स्वार्थ पूरा गर्न पदको चरम दुरुपयोग गरेका छन्। बिचौलिया, दलाल, माफिया अराजनीतिक गतिविमिा चुर्लुम्म डुवेका नेताहरुलाई सर्वहारा वर्गका जनताले गिज्याइ रहेकाछन। नेपाली जनताबाट अपहेलित हुनु पर्ने दिन धेरै टाढा छैन। किनकि नेताहरुको हर्कत र विवादित पक्षहरू जनताकाीचमा र्छलंग भइसको छ।
त्यसैले देशि विदेशी राजनीतिक बिचौलियाहरुको चंगुलबाट बाहिर आइ नेताहरुले वेलैमा निष्ठाको राजनीति गरेनन् भने सिंगो कम्युनिष्ट आन्दोलन नै समाप्त हुने निश्चित छ ।