मनसुनको बेलामा आउने स्वास्थ्य समस्याहरुको सामना गर्न तयारी छाैं : डा. पौडेल | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

मनसुनको बेलामा आउने स्वास्थ्य समस्याहरुको सामना गर्न तयारी छाैं : डा. पौडेल

काठमाडाैं । स्वास्थ्य मन्त्रालयले मनसुनको बेलामा आउने स्वास्थ्य समस्याहरुको सामना गर्न तयारी अवस्थामा रहेको जनाएको छ ।

विपत्तिको बेलमा आइपर्ने विभिन्न स्वास्थ्य समस्याको उपचार गर्न स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले बताए ।

वर्षा याममा डेंगु, मलेरिया, झाडापखाला, ज्वरो लगायतको स्वास्थ्य समस्या आउने भन्दै उनले ति समस्या समाधानका निम्ति स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको बताए । विपतबाट तुरुन्त उद्दार गर्नका लागि प्रत्येक स्थानीय तहमा ¥यापिड रेन्स्पोन्स टिम गठन गर्नका लागि स्वास्थ्यकर्मीलाई तालिम दिएर राखिएको पनि उहाँले जानकारी दिए ।

प्रवक्ता पौडेलले आवश्यक स्वास्थ्य सामग्री तयारी अवस्थामा राखिएको बताए । उनले स्थानीय तह तथा प्रदेशले केन्द्र सरकार सँग माग गरेको खण्डमा केन्द्रमा पनि ¥यापिड रेस्पोन्स टिम बनाइसकेको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);