एजेन्सी, २ कार्तिक । च्याम्पियन्स लिग अन्तर्गत हिजो भएको खेलमा बार्सिलोनाले ओलम्पियाकोस विरुद्व ३-१ को जित हात पारेको छ ।
जितसँगै लियोनल मेस्सीको युरोपमा आफ्नो १००औँ गोल पूरा गरेका छन् ।
पहिलो हाफको १९ औँ मिनेटमा नै ओलम्यिाकोसका खेलाडि डिमिट्रिसले आत्मघाती गोल गर्दा बार्सिलोना १-० को अग्रता लिएको थियो ।
पहिलो हाफको अन्तिम समय तिर जेरार्ड पिकेले हान्डबल गर्दै गोल गरेको कारण पहेलो कार्ड देखाइएको थियो ।
दोस्रो हाफमा फ्रिकिकबाट सिधै गोल गरेर मेस्सीले युरोपियन खेलहरुमा आफ्नो १०० गोल पुरा गरेका थिए ।
त्यस्तै लुकास डिगे्रले एक गोल थप्दै ३ गोलको अग्रता दिलाएका थिए । ओलम्पियकसका निकोलुमार्फत एक सान्तवना गोल गरेका थिए ।
जितसँगै बार्सिलोना ९ अकंसहित समूह डिको शिर्ष स्थानमा रहेको छ ।