काठमाडौं । नेकपा एमाले अध्यक्ष ओली खेमाले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ ।
स्थायी कमिटीको सोमबार बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो ।
पार्टीको नियम उल्लंघन गरेको र विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा उनिहरुलाई पार्टीबाट निष्कासन गरिएको प्रधानमन्त्री एवंम एमाले अध्यक्ष ओली निकटका एक नेताले जानकारी दिए ।