काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।
आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको हो ।
देशको पछिल्लो अवस्था पार्टीको रणनीति तय गर्नका लागि बैठक बस्न लागेको बताइएको छ ।
यसका साथै माधव नेपाल पक्षले कांग्रेस नेतृत्वमा सरकार गठन गर्न दिएको समर्थन र राष्ट्रियसभा उपनिर्वाचनमा एमाले उम्मेद्वार राम बहादुर थापालाई हराएको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।