बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनको मतदान प्रक्रिया जारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनको मतदान प्रक्रिया जारी

हेटौंडा । बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनको मतदान प्रक्रिया भईरहेको छ । हेटौंडा उपमहानगर वडा नम्बर ४ मा रहेको भुटनदेवी माध्यामिक विद्यालयमा मतदान भईरहेको हो । मतदानमा प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेल सहित प्रदेश सभाका सदस्य, गाउँ नगरपालिकाका प्रमुख उपप्रमुखहरुले मतदानमा सहभागिता जनाइरहेका छन् ।

मतदान केन्द्रमा उम्मेदवारहरु गृहमन्त्री राम बहादुर थापा (बादल), डा. खिमलाल देवकोटा र कृष्णगोपाल तामाङ रहेका छन् । पछिल्लो राजनितीक अवस्थानुसार यो चुनावले सबै राजनितिक दलको ध्यानाकर्षण गराईरहेको छ । मतदानका लागि विद्यालयको पूर्वी गेटलाई कोरोना पोजेटिभ मतदाताले प्रयोग गरिरहेका छन भने पश्चिम तर्फंकोे गेटलाई अन्य मतदाताले प्रयोग गरिरहेको निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए ।

विहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजे सम्म सञ्चालन हुनेछ भने साँझ सम्ममा नतिजा प्रकाशन गरिने अधिकृत श्रेष्ठले बताए । भोट खसाल्न तीनवटा बुथको व्यवस्था गरिएको छ । ‘क’ बुथमा प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् भने ‘ख’ मा स्थानीय तहका प्रमुख – उपप्रमुखले मतदान गर्नेछन् । यस्तै कोरोनाभाइरस संक्रमण भएका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख÷उपप्रमुखका लागि ‘ग’ बुथको व्यवस्था गरिएको छ ।

बर्षातका बिचमा पनि मतदाताको सहभागिता उल्लेख्य रहेको छ । बर्षातका कारणलेगर्दा सामान्य समस्या भएपनि अन्यकुनै पनि समस्या नरहेको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए । बागमती प्रदेशसभा सदस्य ११० जना मध्ये एक सदस्यको मृत्यु भएको छ भने प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ जना मतदाता रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);