सुनसरी । निषेधाज्ञाका कारण दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नेहरुलाई समस्या पर्न थालेपछि नेपाल तरुण दल सुनसरीले खाद्यान्न सहयोग सुरु गरेको छ ।
कोरोना नियन्त्रणका लागि सुनसरी प्रशासनले निशेधाज्ञा जारी गरेपछि रोगसंगै दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नेहरु भोकले मर्ने अवस्था नआओेस भनेर तरुण दलले खाद्यान्न अभियान थालेको हो ।
समस्या परेकाहरुले आफुलाई टेलिफोन मार्फत सम्र्पक गरे आफुहरु घरमै पुर्याउन तरुण दल सुनसरीकाा अध्यक्ष सिजन गुरुङले बताए ।
तरुणदलले कोरोनाको दोस्रो लहरको प्रभाव सुनसरीमा पर्न थालेपछि मास्क, सेनिटाइजर,सावुन लगायतका स्थास्थ्य सुरक्षाका सामाग्रीहरु समेत वितरण गर्दै आएको छ ।