काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । संसद भवन ल्होत्से हल बानेश्वरमा बुधबार दिउँसो २ः३० मा बस्ने गरी कांग्रेसले बैठक बोलाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त भएको र अबको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएकाले सोही विषयमा छलफल केन्द्रित हुने बताइएको छ ।
प्रधानमन्त्रीले विश्वासको मत लिने चर्चा भइरहेका बेला यसबारे आवश्यक छलफल गरी रणनीति तय गर्न संसदीय दलको बैठक बस्न लागेको हो ।